भरूवा बन्दुक सहित पक्राउ

भरूवा बन्दुक सहित पक्राउ

पाल्पा, १९ फागुन

तिनाउ गाउँपालिका-२ खुर्साने खहरे बस्ने ३८ वर्षीयीवन बिकलाई १ थान भरूवा बन्दुक, छर्रा ३४ थान बारू सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घर पछाडि झाडीमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)