मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी, १८  फागुन

बराहक्षेत्र नगरपालिका-१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडबाट करिब सय २० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुदा मोटरसाइकल चालक हाल नाम, थर वतन नखुलेका करिब ३२ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)