प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न

काठमाडौं, फागुन  

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्रट्रफि ्रदान गर्नुभयो । साथै उहाँले रेफ्री, जुरी लगायत विभिन्न भुमिकामा प्राविधिक सहयोग गर्नुहुने महानुभावहरलाई मायाको चिनो प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिँदै उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीहरूबाट प्रदर्शित खेल कौशलको कदर गर्नुका साथै खेलाडीहरूको उज्वल भबिष्यको कामना समेत गर्नुभयो । खेलकुदले विद्यार्थीहरूमा रहेको प्रतिभाहरूलाई प्रस्तुत गरी समग्र व्यक्तित्व विकासमा पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरू समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रतियोगितामा खेलाडीहरूले देखाएका सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उच्च प्रशंसा गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले कुनै पनि खेललाई हारजितको रूपमा मात्र हेर्नु भन्दा यसलाई सिकाई र अनुभवक माध्यमका रूपमा हेरी स्व:मुल्याङ्कन गर्दै आगामी दिनका लागि आफूलाई तयारी गर्ने मौकाको रूपमा समेत हेर्नुपर्ने बताउनुभयो । खेलले अनुशासन, समयको सही सदुपयोग तथा व्यवस्थापन, तीव्र निर्णय क्षमता, आइपर्ने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्ने हुँदा त्यसलाई आफ्नो व्यक्तिगत जिवनशैलीको रूपमा समेत लागु गर्नेतर्फ चिन्तनशील हुन सम्पूर्ण खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले आजको युग विज्ञान र प्रविधिको युग भएको चर्चा गर्दै शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक र व्यावसायिक बनाउँदै विद्यार्थहरूको बौद्धिक एवम् व्यावसायिक विकासमा विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यालय, अभिभावक वर्ग र समाजको समेत जिम्मेवारी हुने हुँदा यो विषय सबैको प्राथमिकता हुनुपर्ने र यसका लागि हरतरहको भूमिकामा नेपाल प्रहरीको साथ र सहयोग रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघकअध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रतियोगितालाई सफल बनाउनको लागि सहयोग पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा व्यक्तिहरलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा विद्यालयका संरक्षक एवम् काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले संयुक्त रूपमा एनपिएस तेक्वान्दो डोजाङका पदाधिकारीहरलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डोखेलाडीहरूको सहभागीता रहेको थियो

📸📸✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)