आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १६ फागुन

काठमाडौं हानगरपालिका-७ चाहिल चोक नजिकै रामेछाप मन्थलगरपालिका घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय राजिब गिरको थकाल भान्सा घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुदा करिब २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, कटहरी गाउँपालिका-२ आदर्शटोलस्थित बिरेन्द्र कुमार गुप्ता रौनियारको रवा फ्याक्ट्रिमा बिहीबार दिउँसो आगलाग हुँदा फ्याक्ट्रिमा रहेको मेसि, ईलेक्ट्रिक सामान, टिना र कच्चा पदार्थ लगायतका सामानहर पूर्णरपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने दिनेश ठाकुरको घरमा सोही नगरपालिका-७ दुर्गा टोल बस्ने कृष्णा गुप्ताले संचालन गरेको सरिता जेनरल स्टोरमा विद्युत सर्ट भई बिहीबाबेलुकी आगलागी हुँदा स्टोर भित्र रहेको रेडिमेट कपडाहरजलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।

ओखलढुंगा, सुनकोशी गाउँपालिका-१० गैरिटोल बस्ने बिरबल गिरीको बाख्राको खोरमा बिहीबार राति आगलागहुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)