विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना
आदरणीय तथा श्रद्धेय काठमाडौँ महानगरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा आत्मीय युवा साथीहरू एवं देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अभिवादन!
हाम्रो महान् सांस्कृतिक धरोहर, सामाजिक सद्भावको अमूल्य प्रतीक एवं असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्धकारमाथि प्रकाशको विजयको उद्घोष गर्ने पावन पर्व विजया दशमी २०८३ को यस गरिमामय अवसरमा सम्पूर्ण काठमाडौँ महानगरवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, दीर्घायु एवं निरन्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
विजया दशमी केवल एउटा परम्परागत चाड मनाउने उपक्रम मात्र होइन; यो त हामीभित्र रहेका निराशा, संकुचित सोच, विभेद र अन्योलहरूलाई परास्त गर्दै नयाँ उमङ्ग, उच्च मनोबल, दृढ संकल्प र सिर्जनात्मक सोचका साथ अगाडि बढ्ने दिव्य प्रेरणाको स्रोत हो। निधारमा लगाइने रातो टीकाले जगाउने पारिवारिक आत्मीयता, जमराको हरियालीले दिने समृद्धिको सन्देश र नवदुर्गा भवानीको शक्तिले हामीलाई सधैँ सत्य, न्याय, भ्रातृत्व र लोककल्याणको मार्गमा अविचलित भई हिँड्न मार्गनिर्देश गर्दछ।
ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाले समृद्ध हाम्रो ऐतिहासिक सहर काठमाडौँलाई जीवन्त, स्वच्छ, सुरक्षित, सभ्य र आधुनिक बनाउनु हाम्रा साझा दायित्व हो। विजया दशमीजस्ता महान् पर्वहरूले ल्याउने सकारात्मक ऊर्जा, भ्रातृत्व र भाइचाराको भावनालाई हामीले आफ्नो सहरको समग्र रूपान्तरण र भलाइमा रूपान्तरण गर्नुपर्छ। युवाहरूको नवप्रवर्तन र जोस, ज्येष्ठ नागरिकहरूको मार्गदर्शन एवं जीवनोपयोगी अनुभव, र महिला शक्तिको नेतृत्वदायी अग्रसरतालाई एकीकृत गर्दै काठमाडौँलाई हरेक नागरिकले गर्व गर्न लायक समृद्ध र समावेशी महानगर बनाउन हामी अहोरात्र प्रतिबद्ध छौँ।
शक्तिस्वरूपा श्री नवदुर्गा भवानीको असीम कृपा र आशीर्वादले यहाँहरू प्रत्येकको घरआँगनमा खुसी, समृद्धि, शान्ति र आरोग्यताको उज्यालो छाओस्। हाम्रा आपसी भ्रातृत्व, विविधतामा एकता र सामाजिक सद्भाव अझ सुदृढ बनून् तथा हामी सबैका अधुरा सकारात्मक सपनाहरूले पूर्णता पाऊन् भन्ने कामना गर्दछु।
शुभ विजया दशमी २०८३ !
जय नवदुर्गा भवानी ! जय काठमाडौँ !
शुभकाङ्क्षी:
सुनिता डंगोल
कार्यवाहक प्रमुख
काठमाडौँ महानगरपालिका, काठमाडौँ



प्रतिकृया दिनुहोस्