देशमै केही गर्नुपर्छ भन्ने अठोट बोकेका युवा हरिप्रसाद अधिकारी : शिक्षण पेशादेखि सूर्यज्योति लाइफको शाखा प्रमुखसम्मको प्रेरणादायी यात्रा
काठमाडौं, ठाँटी खबर— “विदेशमा रगत पसिना बगाउनु भन्दा स्वदेशमै केही गर्नुपर्छ” भन्ने गतिलो उदाहरण बनेका छन् नुवाकोट तादी गाउँपालिका वडा नं. ५, नर्जा बाहुनबेसी स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर–९, मनमैजु बस्दै आएका युवा हरिप्रसाद अधिकारी। व्यवस्थापन विषयमा स्नातकोत्तर (MBS) सम्मको उच्च शिक्षा हासिल गरेका अधिकारी आज नेपाली बीमा क्षेत्रमा एक ऊर्जावान, कुशल र दूरदर्शी नेतृत्वकर्ताको रूपमा उदाएका छन्। शिक्षण पेशाबाट आफ्नो व्यावसायिक जीवनको सुत्रपात गरेका उनी अहिले सूर्यज्योति जीवन बीमा कम्पनी लिमिटेडको बालाजु शाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ।
हरिप्रसाद अधिकारीको यो सफलताको यात्रा सहजै भने यहाँसम्म आइपुगेको होइन। औपचारिक शिक्षा पूरा गरेपछि उहाँले दुई वर्षसम्म स्कुल तथा कलेजमा अध्यापन गराएर युवा विद्यार्थीहरूको भविष्य निर्माणमा आफ्नो अमूल्य योगदान दिनुभयो। शिक्षण जस्तो पवित्र पेशାबाट बाहिरिएपछि उहाँले बीमा क्षेत्रमा प्रवेश गर्नुभयो। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई वर्षसम्म नुवाकोट शाखा प्रमुखको रूपमा सफलतापूर्वक जिम्मेवारी बहन गर्दै बीमा बजारमा बलियो पकड बनाउनुभयो। त्यसपश्चात स्वेच्छिक अवकाश (VRS) लिँदै उहाँले हाल मुलुकको एक अब्बल मानिने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भई आफ्नो करियरलाई अझै उचाइमा पुर्याउनुभएको छ।
कुनै पनि सफल व्यावसायिक यात्राको पछाडि सही संस्थागत वातावरण र सोचको ठूलो हात हुन्छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध हुनुको कारणबारे स्पष्ट पार्दै शाखा प्रमुख अधिकारी भन्नुहुन्छ, “यहाँको उत्कृष्ट व्यवस्थापन टिम, संस्थाले बनाएको बलियो साख र उचाइ, उत्कृष्ट ब्रान्डिङ प्रणाली र अन्तर्राष्ट्रिय मान्यताप्राप्त ISO 9001:2015 को छबीले मलाई यो परिवारमा जोडिनका लागि प्रेरित गर्यो।”सुशासन र प्रविधिमैत्री सेवा प्रवाह गर्ने संस्थागत संस्कृतिका कारण नै आफूले यस कम्पनीलाई छानेको उहाँको ठम्याइछ।
आज अधिकारीलाई यो स्थानसम्म आइपुग्न र नेपालमै बसेर केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्नुमा उहाँका दाइ प्राध्यापक वासुदेव अधिकारीको ठूलो प्रेरणा रहेको छ। बौद्धिक परिवारको पारिवारिक माहोल र दाजुको मार्गदर्शनले नै उहाँलाई विदेश पलायनको भिडबाट अलग राखेर स्वदेशमै केही सिर्जनात्मक गर्ने ऊर्जा प्रदान गरेको छ। उहाँको यही देशप्रेम र कर्मठता आजका लाखौं युवाहरूका लागि गतिलो प्रेरणाको स्रोत बनेको छ।
आगामी दिनका लागि आफ्ना योजनाहरू सुनाउँदै शाखा प्रमुख अधिकारीले सूर्यज्योति लाइफ इन्स्योरेन्सको माध्यमबाट नेपालको बीमा जगतलाई अझै फराकिलो र जनप्रिय बनाउने अठोट व्यक्त गर्नुभएको छ। कम्पनीको सदस्य बनेर संस्थाको गरिमालाई उच्च राख्ने र घरघरमा बीमाको पहुँच पुर्याउने उहाँको मुख्य लक्ष्य रहेको छ। कठिन मेहनत, इमानदारी र स्पष्ट भिजन भएका हरिप्रसाद अधिकारीजस्ता युवाहरूले नेतृत्व सम्हालेको बीमा क्षेत्रले आगामी दिनमा अझ फड्को मार्ने निश्चित छ।



प्रतिकृया दिनुहोस्