निक्कीले उपाध्यक्ष रवि रायावरमलाई विदाइ गर्‍यो

निक्कीले उपाध्यक्ष रवि रायावरमलाई विदाइ गर्‍यो

काठमाडौंः नेपालभारत उद्योग वाणिज्य संघ (निक्की)लेसचिवालयमा आयोजित एक कार्यक्रममा आफ्ना उपाध्यक्ष रविरायावरमलाई विदाइ गरेको छ।

आईटीसीको सहायक कम्पनी सूर्य नेपालका प्रबन्ध निर्देशकरहेक रायावरम गत वर्षदेखि निक्कीका उपाध्यक्षका रूपमाकार्यरत थिए। तर उनको पदोन्नति भई कोलकातामा सरुवा भएपछिउनको स्थानमा गौरव तायल नियुक्त भएका छन्।

सचिवालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी िक्कीकाकार्यकारिणी समिति सदस्यहरूले उनलाई नयाँ भूमिकाका लागिसफलताको कामना गरे। विदाइ मन्तव्यमा रायावरमले भने, यहाँआफ्नै घरमा बसेजस्तो महसुस गर्थें।

उक्त अवसरमा निक्कीका अध्यक्ष सुनील केसीले मायाको चिनो प्रशंसापत्र हस्तान्तरण गर्दै, भारतीय संयुक्त लगानीका प्रमुखकम्पनीमध्ये एक सूर्य नेपालका नेतृत्वकर्ता रूपमा रायावरमलेनिक्की नेपालको अर्थतन्त्रमा पुर्याएको योगदान उल्लेखनीयरहेको बताए। हामी उहाँलाई सधैं सम्झिरहनेछौं, उनले भने।

निक्कीका कार्यकारिणी सदस्य शशीकान्त अग्रवालले पनिरायावरमलाई नयाँ ूमिकाका लागि शुभकामना दिँदै, भविष्यमाअझ ठूलो भूमिकामा नेपाल फर्केर आउने शुभकामना दिए।भविष्यमा अझ ठूलो भूमिकामा रायावरमलाई नेपालमा पुनःस्वागत गर्न चाहन्छौं, निक्कीका संस्थापक कार्यकारिणी सदस्यअग्रवालले थपे।

निक्कीअन्तर्गतको भारतीय व्यवसाय फोरम आइबीए_का सहअध्यक्ष सैबल घोषले पनि निक्कीमा सक्रिय भूमिका निर्वाह गरेकोतथ द्विपक्षीय व्यापार अर्थतन्त्रमा पुर्याएको योगदानका लागिरायावरमलाई धन्यवाद दिए।

त्यस्तै, निक्कीका उपाध्यक्ष कुनाल कायल तथा नेशनल इन्स्योरेन्सकम्पनीका प्रमुख कार्यकारी अधिकृत नवनीत गुप्ता, जलविद्युतउत्पादक उत्तम लामालगायत अन्य कार्यकारिणी सदस्यहरूलेरायावरमको अथक समर्पण योगदानका लागि धन्यवाद व्यक्तगरे।

सूर्य नेपालका नवनियुक्त प्रबन्ध निर्देशक गौरव तायलले पनि उक्तअवसरमा मन्तव्य राख्दै, रायावरम निक्कीलाई प्राप्त सहयोगकालागि धन्यवाद ज्ञापन गरे।