सिरहामा ४ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु

सिरहामा ४ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु

सिराहा, २४ मंसिर

सिरहा नगरपालिका-१८ बस्ने जय यादवकी ४ वर्षीया छोरी कारी यादव बुधबार दिउँसो आफ्नै गाउँको पोखरीमा डुबेर निधन भएकी छन्।

डुबेर अशक्त भएकी बालिकालाई प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।