दाङमा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ — प्रहरीद्वारा अनुसन्धान अघि बढाइयो

दाङमा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ — प्रहरीद्वारा अनुसन्धान अघि बढाइयो

दाङ, ७ मंसिर —
११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गढवा गाउँपालिका–७ मानपुर बस्ने २१ वर्षीय कुमार विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले विकलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

घटनाबारे विस्तृत प्रमाण संकलन, बयान प्रक्रिया र कानूनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।