सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सिराहा,२३ असोज

धनगढीमागरपालिका-९ जिरोमाईल चोकस्थितसडकमा विराटनगरबाट जनकपुरतर्फ जादै गरेको ना.७ ख २६५ नम्बरको बसबाट खसेर बसका सहचालक लहान नगरपालिका-१ बस्ने २१ वर्षीय पवन कुमार यादवको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।