तिनकुनेमा लगाइयो कर्फ्यू

तिनकुनेमा लगाइयो कर्फ्यू

काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले तिनकुनेमा कर्फ्यू लगाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार तिनकुनेमा कर्फ्यू लगाइएको छ ।आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू​ लगाएको हो । राजावादी समूहले तिनकुनेस्थित घरमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । राजावादीहरुको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गर्नुपरेको थियो ।