करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

जाजरकोट, १२ असोज

नलगाड नगरपालिका-८ हल्चौर बस्ने लाल बहादुर खत्रीको छोरा १७ वर्षीय गोबिन्द खत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित सिर्पाखोला जलबिद्युत आयोजनाको विजुलीको पोलबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।