काठमाडौंमा विभिन्न धनमाल चोरी

काठमाडौंमा विभिन्न धनमाल चोरी

काठमाडौं, २३ भदौ

ाठमाडौं महानगरपालिका-डेरा गरी बस्ने कपिलबस्तु घर भएक २९ वर्षीया ज्योती पाण्डे र स्याङ्जा घर भएक २८ वर्षीया निशा पाण्डेको कोठाबाट ल्यापटप २ थान र ट्याब २ थान गरी करिब लाख ९० हजार रूपैयाँ बराबरको सामान आइतबार बिहान चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बनस्थली चोक डेरा गरी बस्ने तनहुँ आँबुखैरेनी नगरपालिका-१ घर भएकी ४२ वर्षीया परिमाया गुरूङको कोठाबाट सुनका गरगहना गरी करिब लाख १६ हजार रूपैयाँ बरारको धनमाल आइतबार दिउँसो चोरी भएको छ

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुक साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।