करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, २३ भदौ

गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने ५२ वर्षीय राजु श्रेष्ठको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ आफ्नै घरमा ड्रिल मेसिन चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।