अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, भदौ    

दाङ, घोराही उपमहानगरपालिका११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २४वर्षीय मान बुढाथोकीतुलसीपुर उपमहानगरपालिका-६ बरिगा बस्ने ३० वर्षीय सुनु विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुबाखटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धादिङ, थाक्रे गाउँपालिका-६ महादेववेशी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो सय ग्राम र चरेशकरि ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउदै गरेको बा.प्र ०३००१ ह ८७९ नम्बरको अटोलाई जा गर्ने क्रममा उक्त लागूऔष फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

ास्की, पोखरा महानगरपालिका-११ रामघाट बस्ने ५२ वर्षीय बिर बहादुर नेपालीलाई नियन्त्रित लागूऔषधस्पास्मो १ हजार २ सय ट्याबलेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो

सिराहा, गोलबजार नगरपालिका-बाट अवैध लागूऔषधब्राउसुगर जस्तो देखिने पदार्थ १६ ग्राम १ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बल्डडा बस्ने २२ वर्षीयदिप कुमार यादव र नरहा गाउँपालिका-५ बस्ने ३० वर्षीयईन्द्रजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारलागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउदै गरेको स.७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २५ वर्षीयसिम चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हरो जस्तो देखिने पदार्थ १० ग्राम ६० मिलिग्राम हित बुद्धभिगरपालिका-२ गोरसिंगे बस्ने २२ वर्षीय सुदिप घिमिरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेो हो ।

तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो सय ९० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय अक्कल बहादुरतामाङ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको बा.९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।