करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, १६ भदौ

बारा, पचरौता नगरपालिका-८ अमरपट्टी बस्ने ४० वर्षीयमाहानन्द यादवको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तियर खोलामा विद्युत मोटर जडान गरी खेतमा पान लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएकोहो ।

यसैगरी बारा, सिम्रौनगढ  नगरपालिका-९ कचोर्वा बस्ने ५० वर्षीया अनिता देवी यादवको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-कोनिहाटी चौरस्थित खेतमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका-६ बस्ने ३० वर्षीयसन्तोष राईको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका-५ स्थित तक्मेवा खोलास्थि निर्माणधिन पुलमा गेलेण्डर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको आधारभत अस्पताल तापेथोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, बागमती नगरपालिका-१ मिलन चोक गुम्बा टोल बस्ने ६८ वर्षीय छल बहादुर रानाको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बर्न अस्पताल कर्तिपुरमा थप उपचारको क्रममा मृत्यु भको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।