अवैध लागूऔषध सहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं, १६ भदौ

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय शिव श्रेष्ठलाईआइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लाका प्रहरी कार्यालय काँकरभिट्टाबाटटिएको प्रहरले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ूपन्दही, सिद्धार्थनगर गरपालिका-२ मेउडिहवा डेरगरी बस्ने कोटहीमाई गाउँपालिका-५ घर भएका २६ वर्षीय ईर्फानअन्सारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ२ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेक छ । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सिराहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-४ बडहरा माल टोल बस्ने२६ वर्षीय लाल बाबु मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २वर्षीय मनसुखलाल थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका- बिजौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले से. ५१४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, रामधुनी नगरपालिका- बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सागर राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएकोप्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।