अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं, २९ साउन

सुर्खेत, रेन्द्रनगर गरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय विक्रान्त वली समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतप्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले भेरीबाट सुर्खेततर्फ आउँदै गरेको भे. १ ह ७०७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित चितवन राप्तगरपालिका-१२ तिरूवा बस्ने २७ वर्षीय रोहितचेपाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६९१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र डिकोलिक ५ सय १० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २४ वर्षीय सलमान मंसुरी, सिराहा घर भएका २४ वर्षीय होम मुखिया, ईटहरी उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय कोरजित सरदार र सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी खनार समेतबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका-११बस्ने ३० वर्षीय मो.अवजल मियाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले हाल फरार अवजल मियाको खोजी गरिरहेको छ ।

धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजबाट अवैध लागूऔषध ब्रानसुगर जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका-६ ढल्केर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका-२ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन् । लागऔषध नियन्त्रण ब्यरो काठमाडौं रलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केरतर्फ आउँदै गरेको बा.८७ प ९६७ नम्बरको मोटरसाकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८ ग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररीया थाना जोगवनी बस्ने ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीयाबी खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचपुलबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ मिलिग्रामसहित भद्रपुर नगरपालिका-९ डाँगीबारी बस्ने २१ वर्षीय बिमल विश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचपुल समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ । ।