करिब ३ किलो ४ सय ग्राम कोकिन सहित भारतीय नागरिक पक्राउ

करिब ३ किलो ४ सय ग्राम कोकिन सहित भारतीय नागरिक पक्राउ

काठमाडौं, २ असार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङएरियाबाट अवैध लागूऔषध कोकिन ३ किलो ४ सय ग्रामसहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीयABDUS SAMAD JAMAL MANSURI बुधबार दिउँसो पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वार अजरबैजानबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।