अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ

अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ

सुर्खेत, २६ असार

भेरीगंगा नगरपालिका-१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ  करिब किलो सय ४० ग्राम सहित जाजरकोट जुनीचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।