विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

सप्तरी, ११ असार

राजविराज नगरपालिका-१ पररिया टोल स्ने राम अवतार महतोको घरबाट नगद लाख रूपैयाँ, साढे ३ तोला बराबरको सुनका गहना, १८ तोला बराबरको चाँदीक पायलक्यामरा १ थान गरी करिब १० लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।