ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ​

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ​

काठमाडौं, १० असार

वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौमहानगरपालिका-२६ गल्कोपाखा बस्ने गोरखा वारपाकसुलिकोट गाउँपालिका-४ घर भएका २९ वर्षीय राजेश बरामलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राजेशले ग्रिस पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।