जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं, १ असार

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।

काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ र्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजि कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।