अवैध लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, ३१ जेठ
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ हजार ९सय ट्याब्लेट सहित काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २६ वर्षीय राजु मिजारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीबाटखटिएको प्रहरीले सोही ठाउँस्थित खालि जग्गामा रोकी राखेको युपि ७८ सिबि ९८३५ नम्बरको कार तलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २८ वर्षीय हिमाल खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा पुल नजिकैबाट नियन्त्रित लागूऔषध नोफिन ३ एम्पुल, डाइजेपाम ६ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ७ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र मोबाइल १ थान सहित काठमाडौं जडिबुटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१६ भोरलेनी घर भएका २९ वर्षीय अमन तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७सय ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय पहल मगरलाईशुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-९ आमबारीबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विवेक लिम्बुलाईशुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।



प्रतिकृया दिनुहोस्