अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं, १३ जेठ

लपरासी पश्चिम, सुनवल नगरपालिका-५ बनकट्टीबाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाईट्राभेट ५७ ट्याब्लेट सहित सोहीगरपालिका-९ मुस्लिम टोल डेरा गरी बस्ने पन्देही रोहिणी गाउँपालिका-घर भएका ४३ वर्षीयराजु मुसलमानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा पमहानगरपालिका-५ लट्टिनाथबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ ४ सय २०मिलिग्राम सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश लामा२५ वर्षीय अमित मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पन्देही, मायादेवी गाउँपालिका- हरहरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सय ३मिलिग्राम सहित सोही गाउँपालिका-४ सेमरी बस्ने कैलालीबर्दगोरिया गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रेम रावतलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु.७७ प ६३२६ नम्बरको मोटरसाकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-९ चिया बगानको नौ घरे टोलबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ ४ ग्राम ८८ मिलिग्राम सहित ४ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीयभगवान किन्डो उराउ, २४ वर्षीय अजय राई, सोही नगरपालिका-९र्यदय टोल बस्ने २३ वर्षीय रोहित गौतम सोही नगरपालिका-९ माछा खाडी बस्ने ३१ वर्षीय राजु सुनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले भगवानको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीबस्ने ३५ वर्षीय कमल घिमिरे समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागऔषध नियन्त्र ब्यूरोशाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कमलको घरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यसैगर सुर्खेत, भेरीगंगा नगरपालिका-१० छिन्चु तालबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित दाङ राप्ती गाउँपालिका-७ बस्ने २३ वर्षीय अविशेष चौधरीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका७ जोख्खर ताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम हित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लाला चौधरी र ३४ वर्षीय राजु चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-३ चाप बस्ने ६८ वर्षीय लकु चौधरी र उनकै छोरा ३२ वर्षीय मनोज चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ३ सय ग्राम र नगद ६६ हजार रूपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले लकुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।