करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु


गोरखा
, ८ जेठ  

भिमसेनथापा गाउँपालिका-४ धावाचौतारा बस्ने ७० वर्षीयबलाराम बिकको करेन्ट लागेर मंगलबार दिउसो मृत्यु भएको छ । सोही ठाउँस्थित बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाईनको पोलमा सपोर्ट राखिएको स्ट्याण्ड तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।