सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ

धनुषा, २५ वैशाख  

सामाजिक सञ्जालको दुरपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिकाबस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिकाबस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिकाबस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिकाबस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो गौशाला नगरपालिकाबस्ने १९ वर्षीय अमित साह रहेका छन्

इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाल तथा लत्ताकपडाहरूलगायतका सरसामानहरू सस्तोमा दिने भनि विश्वासमा पारी ठगी गरिरहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले हाल सम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरीगी गरेको, सामाजिक सञ्जालमापोष्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारण नागरिकले उक्त सामानहरू खरिद गर्ने भनि सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्छ भनि रकम पठाउन लगाउने गरेको,सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तिय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ

साथै उनीहरूको साथबाट बरामद भएको मोबाइलबाट विभिन्न बैंक वित्तिय संस्था तथा वालेट आईडि समेत गरी १ सय ८७ वटा खाताहरूको विवरण फेला परेको उक्त खाताहरूबाट हाल सम्म २ करोड ६३ लाख ९३ हजार सय ९१ रूपैयाँ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ

उनीहरू उपर ठगी कसरमा जिल्ला अदालत धनुषाबाटम्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।