छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १३ वैशाख    

दाङ, घोराही उपमहानगरपालिका-१० स्थित सडकमा कुम पश्चिमबाट काठमाडौंतर्फ जादै गरेको रा.१ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८वर्षीय काल प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकस्थितसडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग.२ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३ बस्ने ६०वर्षीय ताईसन तामाङको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरस्थित सडकमा झलारीबाट स्टेशनपुरतर्फ जादै गरेको म.१ ह १२३३ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही ठाउँ बस्ने केशठगुन्नाको छोरा १३ वर्षीय निराजन ठगुन्नाको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, विराटनगर महानगरपालिका-स्थित सडकमा दावाबन्दीबाट केशलयातर्फ जाँदै गरेको प्र.१-०४-००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका-२ बस्ने ४५ वर्षीयगंगाराम साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिराहा, बरियारपट्टी गाउँपालिका-४ शोहपुरस्थित सडकमा शोहपुरबाट हरिपुरतर्फ जादै गरेको स.१ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।