नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

मोरङ, ९ वैशाख

सुनर्षी नगरपालिका९ हरिशचन्द्रगढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।