जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ​

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ​

कैलाली, ३० चैत

धनगढी पमहानगरपालिका-३ भाटभटेनी नजिक बस्ने ४० वर्षीय खडक कुवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)