करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, २८ चैत  

कञ्चनपुर, मदत्त नगरपालिका-११ भुजेला बस्ने दान बहदुर ओलीको सोही ठाउँस्थित विजुलको पोलबाट करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

रौतहट, ईशनाथ नगरपालिका-३ औरैया टोल बस्ने मेराजुल मियाको छोरा वर्षीय आलम मियाको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित धारामा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)