अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

कैलाली, १६ चैत

धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीयकृष्ण खडकालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)