विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, ११ चैत

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद १ लाख रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।

दाङ, लमही नगरपालिका-५ सनलाईट चोक डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएक बासु पौडेलको कोठाबाट करिब ७ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद आइतबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)