सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, ७ चैत
काठमाडौं महानगरपालिका-११ बबरमहल चोक नजिक सडकमा बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भईबुधबार राति दुर्घटना हुँदा चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माईतीघरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोट, तारकेश्वर गाउँपालिका–१ छापडाँडास्थितसडकमा बा.२ ख ६८०४ नम्बर बसको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी ३७ वर्षीया मन्जु तामाङको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ भतेरी जङ्गलस्थितसडकमा बा.२५ प ४४०३ नम्बरको मोटरसाइकल ना.६ ख ४७५१ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखेलुका अन्दाजी ३०वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल र बा.प्र.०३०३ प ५२५७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भईट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । स्कुटर चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्