आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ६ चैत  

झापा, कन्काई नगरपालिका६ मन्सापुर बस्ने डम्बर बहादुर बस्तोलाको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कास्की, माछापुच्छ्रे गाउँपालिका- अस्तामस्थित बिकाश अधिकारीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनकुटा, चौबिसे गाउँपालिका-१ मुक्तारा स्ने भम बहादुर सुर्जे मगरको भान्सा घरमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन

पाँचथर, फिदिम नगरपालिका-६ गैरीगाउँ मगरटोल बस्ने सोम कुमार थापामगरको कुखुरा फर्ममा विद्युत सर्ट भईमंगलबार दिउँसो आगलागी हुँदा फर्म पर्णरपमा जलेर करिब लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषा, कमला नगरपालिका-८ टेडा बस्ने रामज राय कुर्मको घरमा विद्युत सर्ट भई मंलगबार बेलुकी आगलागी हुँदा वासिङ मेसिन, फ्रिज, त्ताकपडा लगायतका सरसामान जलेर करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका१४ एफगाउँ बस्ने कामी तामाङको गोठघरमा मंगलबार दिउँसो आगलागी हुँदा घर गोठ पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-१४ तल्लो बजार बस्ने टिका बुर्जा मगरको घरको तल्लो तलामा संचालन गरेको खाजा पसलमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर र पसलमा रहेका विभिन्न सरसामान, नगद तथा गरगहना गरीकरिब १६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ सिर्जना टोल बस्ने महेश प्रसाद जोशीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका२ चपली घुम्तिस्थित चौरमा सोही ठाउँ बस्ने भारत घर भएका महमद साराजुको पार्किङ गरी राखेको लु.२ त १३९९ नम्बरकोट्याक्टर र लुगा पेल्ने मेसिनमा मंगलबार साँझ आगलागी हुँदा अन्दाजी २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, खजुरा गाउँपालिका-८ चमकदारपुर बस्ने ७५ वर्षीयअयुप खाँको घरमा मंगलबार राति आगलागी हुँदा घर र्णरपमा जलेर अन्दाजी २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दयपुर, चौदण्डीगढी नगरपालिका-७ कल्याणचोक बस्ने शरण कुमार राईको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो लागेको गो फैलिएर अन्य ६ जनाको घरमा समेत आगलागी हुँदा करिब १ करोड २२ लाख रूपैयाँ बराबरको नमाल जलेर नष्ट भएको छ ।

बागलुङ, जैमिनी नगरपालिका-२ बिराउने बस्ने मेखनाथ सापकोटाको खरबारीमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने उमाकान्त सापकोटाको गोठ र कुखुरा फर्ममा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

तनहुँ, ऋषिङ्ग गाउँपालिका-४ लाकुरी बस्ने ५० वर्षीयुर्ण बहादुर थापाको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पर्णरपमा जलेर नष्ट भएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-५ होडा बस्ने ५५ वर्षीय मेदेन प्रसाद धिमालको ग्वालमा मंगलबार दिउँसो आगलाग हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)