आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २४ फागुन  

बाँके, खजुरा गाउँपालिका-४ डि गाँउ बस्ने ६२ वर्षीय लाल बहादुर रोकायाको घरगोठमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्ेत, लेकवेशी नगरपालिका-४ सिमले बस्ने टेक बहादुर खत्रीको गोठमा शुक्रबार साँझ आगलागी हुँदा गोठ पर्णपमा जलेर नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपालिका-८ न्युरोडस्थित उपहार फर्निचर उद्योगमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

चितवन, रत्ननगर नगरपालिका-६ मालपुर टोल बस्ने केशब खनालको होटल मोनालिसाको इलेक्ट्रोनिक स्टोरममा करेन्ट सर्ट भई शनिबार बिहान आगलाग हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनकुटा, महालक्ष्मी नगरपालिका३ डाँडागा बस्ने चिरन्जीवी कोङरेनको घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर, घरमा रहेको किराना पसल, लत्ताकपडा,भाडावर्तन, फरनिचरको सामान, अन्नपात, लगायतका सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

गुल्मी, चन्द्रकोट गाउँपालिका-६ खादिकोट बस्ने दिल बहादुर थापाको गोठमा शुक्रबार राति आगलागी हुँदा गोठ पर्णपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)