देखिएन भने पनि सधैं महसुस हुने साथ – मार्शल ।

देखिएन भने पनि सधैं महसुस हुने साथ – मार्शल ।

यता उता जतै पनि
देखि रहने उहि प्रतीक

सपना बिपना दिन र रातमा
सँधै सँधै उहि छ साथमा

भावनाहरु मन भित्रका सारा
ब्यक्त हुने नबाेली कनै यहाँ

सम्बन्ध नाता खै के छ त्यस्ताे
अमित छाप खै के काे हाे यस्ताे

ज्याेति झैं जगमगाउने
रहरहरु माैलाउने
सुगन्ध उनकाे
जीबनै मगमगाउने ।।

जय श्रीकृष्ण ।

-मार्शल ।
२०८२/१०/ ०३