आजको राशिफल: १३ वैशाख २०८३, आइतवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको थालनी गर्ने राम्रो समय छ। आर्थिक पक्ष सबल रहनेछ र रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा सामान्य सुधार आउनेछ। बोलीको प्रभाव बढ्नेछ जसले गर्दा सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार व्यवसायमा मध्यम लाभ हुने देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक भेटघाटले खुसी ल्याउनेछ। कला र साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ भने वैदेशिक कार्य अगाडि बढ्ने योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा केही चञ्चलता बढ्न सक्छ। खर्चको मात्रा बढ्ने भएकाले आर्थिक कारोबारमा सजग रहनुहोला। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको कार्य क्षमताको कदर हुनेछ। उपहार वा धन लाभको सम्भावना छ। अधुरा रहेका योजनाहरू कार्यान्वयनमा ल्याउन आजको दिन उपयुक्त छ।
कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो) पेशागत क्षेत्रमा पदोन्नति वा जिम्मेवारी थपिने समय छ। अभिभावकको आशिर्वादले काममा सफलता मिल्नेछ। घरमा शुभ कार्यको चर्चा चल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म र अध्यात्ममा रुचि जाग्नेछ। टाढाको यात्राको योजना बन्न सक्छ। भाग्यले साथ दिनेछ, जसले गर्दा चिताएको काम सजिलै सम्पन्न हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। वादविवादबाट टाढै रहनु राम्रो हुन्छ। काममा केही अवरोध आए पनि धैर्यताले सफलता दिलाउनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जीवनसाथीको सहयोगले नयाँ कार्यको जग बस्नेछ। मनोरञ्जनात्मक यात्राको योग छ। व्यापारमा साझेदारीबाट राम्रो आम्दानी हुनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) शत्रुहरू परास्त हुनेछन् र मुद्दा मामिलामा तपाईंको पक्ष सबल रहनेछ। शारीरिक स्फूर्ति बढ्नेछ। प्रतियोगितात्मक कार्यमा सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुने समय छ। छोराछोरीबाट सुखद समाचार सुन्न पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक कलह वा असमझदारी बढ्न सक्ने भएकाले संयमित रहनुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। जग्गा जमिनको कारोबारमा मध्यम सफलता मिल्नेछ।
शुभ दिन, शुभ यात्रा !



प्रतिकृया दिनुहोस्