आजको राशिफल – २०८२ फागुन १६ गते | २८ फेब्रुअरी २०२६, शनिवार

आजको राशिफल – २०८२ फागुन १६ गते | २८ फेब्रुअरी २०२६, शनिवार

मेष (ARIES)
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। श्रमअनुसार प्रतिफल नपाइएला, काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि भूमि तथा पशुधनबाट सामान्य लाभ। नयाँ प्रस्ताव र सहयोगी भेटिने संकेत। वचनले अप्ठ्यारो पार्न सक्छ, व्यवहार सन्तुलित राख्नुहोला।

वृष (TAURUS)
आँट र मेहनतले राम्रो प्रतिफल। रोकिएका काम बन्ने, नयाँ काम सुरु गर्ने समय। व्यापार–उद्योगमा फाइदा, प्रतिस्पर्धी पछि पर्न सक्छन्। कृषिमा चाप भए पनि धन आर्जन राम्रो। जीवनशैली सुधार हुने संकेत।

मिथुन (GEMINI)
मिहिनेतले मान–सम्मान दिलाउनेछ। अध्ययन र बौद्धिक क्षेत्रमा प्रगति। बोली र विचारको प्रशंसा बढ्नेछ। सानो प्रयासले काम सफल। नाम, दाम र इनाम हात पार्ने समय।

कर्कट (CANCER)
लक्ष्यअनुसार काम सम्पन्न। अध्ययन र व्यापारमा फाइदा। नयाँ अवसर प्राप्त हुनेछन्। प्रेम र मित्रता मजबुत। परम्परामा सुधार गर्दै अघि बढ्ने संकेत। स्वादिष्ट भोजनको आनन्द।

सिंह (LEO)
अवसरका लागि दौडधुप। आकस्मिक खर्चले दबाब पर्न सक्छ। सहयोगी र शुभचिन्तक जुट्नेछन्। परोपकारी काममा रुचि। टाढाको यात्रा सम्भावना।

कन्या (VIRGO)
आयका स्रोत बढ्नेछन्। लगानीका अवसर, तर बढी श्रम आवश्यक। काम दोहोर्याउनुपर्ने संकेत। उपलब्धिमा अरूको दाबी हुन सक्छ। आंशिक लाभ बाँड्नुपर्ला।

तुला (LIBRA)
मेहनतले पद–प्रतिष्ठा दिलाउनेछ। विशेष काममा सफलता। पुराना साथी नजिकिने। अवसरले पछ्याउने समय। मन प्रफुल्लित रहनेछ।

वृश्चिक (SCORPIO)
गुमेको स्थान पुनः प्राप्त। व्यवसायमा लाभ। धर्मकर्ममा रुचि। मिहिनेतले जीवनशैली परिवर्तन। दिगो फाइदाको काम सुरु हुने संकेत।

धनु (SAGITTARIUS)
गोपनीयता बाहिरिनाले समस्या। स्वास्थ्यमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय। आय कमजोर, खर्च बढ्ने संकेत।

मकर (CAPRICORN)
दिन रमाइलो र लाभदायक। प्रियजनसँग भेटघाट। व्यवसायिक यात्रा सम्भावना। गृहस्थी सुखद्, सम्मान प्राप्त हुने समय।

कुम्भ (AQUARIUS)
काम सफल हुँदा उत्साह बढ्नेछ। प्रतिस्पर्धामा विजय। शत्रु किनारा लाग्नेछन्। नयाँ काम प्रारम्भको अवसर। दिगो फाइदा हुने संकेत।

मीन (PISCES)
प्रतीक्षित नतिजाले उत्साह। गुरुजन र सन्तानको सहयोग लाभदायी। अध्ययन र बौद्धिक क्षेत्रमा सफलता। दिगो लाभको काम सुरु, यात्रा सम्भावना।