२०८२ फाल्गुन ३ (१५ फेब्रुअरी २०२६) — आजको राशिफल
मेष (ARIES)
आज मेहनत गर्दा विशेष उपलब्धि मिल्नेछ। नयाँ अवसरले भविष्यका लागि बलियो आधार तयार पार्नेछ। कामको क्षेत्रमा मित्रता बढ्नेछ र व्यापार वा रोजगारीमा फाइदा हुने संकेत छ। रुचिका विषयमा लगानी बढाउने समय छ।
वृष (TAURUS)
आज आफ्नो वचन पूरा गर्न कठिनाइ आउन सक्छ। अरूको काममा समय बित्नेछ, तर सहयोगीको साथले आंशिक सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ र मेहनत गर्दा परिणाम प्राप्त हुनेछ।
मिथुन (GEMINI)
आज अरूको विषयमा चासो दिनाले झमेला आउन सक्छ। अवसरहरू भए पनि ठूला उपलब्धि तुरुन्त नआउने देखिन्छ। योजना स्थगित हुन सक्छ, त्यसैले काम अघि बढाउनु अघि विचार गर्नु उपयुक्त छ।
कर्कट (CANCER)
आज सुन्दर पहिरनले व्यक्तित्व चम्काउनेछ र अवसर प्राप्त हुनेछ। रमाइलो यात्रा वा व्यावसायिक यात्रा सम्भावना छ। साथीभाइ वा परिवारको सहयोगले काममा हौसला मिल्नेछ।
सिंह (LEO)
आज ईर्ष्या गर्ने वा प्रतिद्वन्द्वीहरूले प्रयास असफल बनाउनेछन्। आफ्ना योजना गोप्य राख्नुपर्छ। चुनौती पार गर्दै काम सम्पन्न गर्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ र आर्थिक लाभका अवसर खुल्नेछन्।
कन्या (VIRGO)
आज परिस्थिति सोचेजस्तो नहुन सक्छ। अवसर भए पनि काम ढिला हुन सक्छ। संघर्षले अगाडि बढ्न मद्दत गर्नेछ। अध्ययनमा ध्यान दिनुपर्छ। योजना गोप्य राखेर अघि बढ्नु लाभदायी हुनेछ।
तुला (LIBRA)
आज परिस्थिति अनुसार चल्न नसक्दा अलि दुःख हुन सक्छ। हतारो निर्णयले काम बिग्रन सक्छ। परिवारसँगको असमझदारीले योजना कार्यान्वयनमा बाधा पुर्याउन सक्छ। तर आफन्तको सल्लाहले सामान्य लाभ मिल्नेछ।
वृश्चिक (SCORPIO)
आज मान–प्रतिष्ठा बढ्नेछ। मेहनतले नयाँ अवसर र परिणाम दिलाउनेछ। उद्योग, व्यापार वा कृषिमा लाभको संकेत छ। अग्रजहरूको मार्गदर्शन लाभदायी हुनेछ।
धनु (SAGITTARIUS)
आज अध्ययनमा प्रगति हुनेछ। सिर्जनात्मक काम वा लेखनले ख्याति बढाउनेछ। योजना गर्दा अरूले फाइदा उठाउने प्रयास गर्नेछ। खर्च बढ्ने संकेत छ, त्यसैले ध्यान राख्नुहोस्।
मकर (CAPRICORN)
आज रमाइलो भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। पहिलेको सफलता हौसला दिनेछ। नयाँ कामको प्रस्ताव र सहयोगीको साथ पाइनेछ। इच्छाशक्तिले नयाँ योजना शुभारम्भ हुनेछ।
कुम्भ (AQUARIUS)
आज प्रलोभन देखाउनेले फसाउने सम्भावना छ। खर्च बढ्न सक्छ। प्रयास गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। परिवारसँग दूरी राख्नुपर्ने समय आउन सक्छ। शुभचिन्तकको सुझाव पालना गर्दा फाइदा हुनेछ।
मीन (PISCES)
आज मेहनतको उचित मूल्यांकन हुनेछ र प्रतीक्षित काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभाव कायम हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर छ। भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।



प्रतिकृया दिनुहोस्