एसईईमा उत्कृष्ट नतिजा: ४८ हजार बढी विद्यार्थीले ३.६ भन्दा माथि जीपीए ल्याए

एसईईमा उत्कृष्ट नतिजा: ४८ हजार बढी विद्यार्थीले ३.६ भन्दा माथि जीपीए ल्याए

१३ असार, काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६ देखि ४.० सम्मको उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार नाघेका छन्, । शुक्रबार सार्वजनिक नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले उत्कृष्ट ग्रेड हासिल गर्न सफल भएका छन्,।

पछिल्लो वर्षको तुलनामा यो वर्षको नतिजा सुधारोन्मुख देखिएको हो । गत वर्ष जम्मा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।यो डाटा हेर्दा करिब १४ प्रतिशत सुधारको संकेत गरेको छ।

यस वर्षको एसईई नतिजाले विद्यार्थीको प्रयास र परिश्रमको प्रतिफल देखाएको छ भने परीक्षा प्रणाली र व्यवस्थापनमा पनि केही सुधार भएको आभास दिएको छ। अब चुनौती भनेको, यसै आधारमा विद्यार्थीलाई भविष्यका लागि मार्गदर्शन गर्न, रुचिअनुसार विषय छनोट गराउन र गुणस्तरीय शिक्षामा जोड पर्ने देखिन्छ ।