आपतकालीन संयन्त्र बन्दै, सरकार–एनआरएनए संयुक्त पहलसँगै उद्धार र राहतका लागि अनलाइन पोर्टल सञ्चालनमा
काठमाडौँ। मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिपछि त्यहाँ रहेका लाखौँ नेपाली नागरिकको सुरक्षालाई लिएर उच्चस्तरीय कूटनीतिक सक्रियता तीव्र बनेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारको ध्यानाकर्षण गराउँदै आपतकालीन संयन्त्र तत्काल निर्माण गर्न आग्रह गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा...


