सुरक्षा/अपराध

विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

मोरङ, १९ चैत, रतुवामाई नगरपालिका-१ कल्याणपुर बस्ने इश्वरलाल सरदारको घरबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । (समाचार स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)

डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १९ चैत, बारा, कलैया उपमहानगरपालिका-१ कलैया टोल बस्ने ५६ वर्षीया जोनी देवी कलवारीनको आफनै घर छेउमा रहेको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ८२ दिलमाया श्रेष्ठको सोही ठाउँस्थित आँखुखोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।…

  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    ललितपुर, १९ चैत, ललितपुर महानगरपालिका-२ सानेपा हाईटस्थित सडकमाना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ५९ वर्षीया केशरी माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...

  • जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

    काठमाडौं, १९  चैत, ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गीसमेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाईनगद ९ लाख ७ हजार ९ सय...

  • सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

    सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

    काठमाडौं, १९ चैत, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरीदिने भनि सार्वजनिक...

  • जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ

    जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ

    काठमाडौं, १९ चैत, जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् । काठमाडौ मनमैजुस्थित सुकुमायाले...

  • मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ

    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ

    काठमाडौं, १९ चैत, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादीअर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई दुबाइको उडानद्वारा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    काठमाडौं, १९ चैत, काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन श्रेष्ठ र...