आभार तथा नयाँ यात्राको शुभारम्भ : कृष्ण अर्याल
![]()
आज २०८२ साल बैशाख २४ गते, ( २०५२ सालदेखि २०८२ साल सम्मको ३० वर्षे )सरकारी शिक्षण पेशाबाट सेवा निवृत्त हुँदै गर्दा मन अनेक भावनाले भरिएको छ। विगतका ती अविस्मरणीय दिनहरु, जहाँ ( श्री युवक मा .वि. पकनाजोल काठमाडौं श्री गान्धी मा .वि कॉडाघारी काठमाडौं ,श्री भगवती हिमालय मा वि . बतासे गोर्खा ‘श्री रत्नेश्वर मा .वि दर्बुङ्ग गोर्खा , मनोहर मा वि . गोङ्गबुँ काठमाडौं , ज्ञानोदय मा.वि. वाफल काठमाडौ , गुह्येश्वरी बाल शिक्षा मा .वि. थापाथली ) शिक्षणको पवित्र दायित्व सम्हाल्दै साथीभाइ, गुरुजन, विद्यार्थी र अभिभावकसँग बिताएका पलहरू सँधै स्मरणीय रहने छन्।
यस यात्रामा सधैं साथ दिई सहयोग गर्ने सम्पूर्ण साथीसंगी, शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक, विद्यार्थी तथा सम्बन्धित सबैप्रति म गहिरो आभार प्रकट गर्दछु।
अबदेखि “श्रीकामना बोर्डिङ्ग हाईस्कूल” को प्रबन्ध निर्देशकको गरिमामय जिम्मेवारी सम्हाल्दै नयाँ अध्यायको शुभारम्भ गर्दैछु। यो नयाँ यात्रामा पनि तपाईंहरुको अमूल्य सुझाव, साथ र सहयोगको अपेक्षा गर्दछु।
शिक्षा क्षेत्रमै निरन्तर योगदान दिने मेरो प्रणमा तपाईंहरुको प्रेरणा, विश्वास र सद्भावले अझ ऊर्जा थप्नेछ भन्ने विश्वास लिएको छु।
धन्यवाद!
[ कृष्ण प्रसाद अर्याल]
प्रबन्ध निर्देशक
श्रीकामना बोर्डिङ्ग हाईस्कूल



प्रतिकृया दिनुहोस्