श्री नवजागृति चण्डी माध्यमिक विद्यालयको ऐतिहासिक पहल – “एसएलसी ब्याज २०६४ छात्रवृत्ति अक्षयकोष” स्थापना
गोरखा | ठाँटी खबर | २०८२|०८|०७
श्री नवजागृति चण्डी माध्यमिक विद्यालयमा २०६४ सालका विद्यार्थीहरूले गरेको ऐतिहासिक योगदानको समाचारले स्थानीय समुदायदेखि सामाजिक सञ्जालसम्म उत्साह र गर्वका साथ चर्चा पाएको छ।
विद्यालयका अनुसार प्रदिप भट्टको नेतृत्वमा एसएलसी २०६४ ब्याचका ६७ जना विद्यार्थीहरूले जम्मा गरेको १,५२,०६४ रुपैयाँलाई “एसएलसी ब्याज २०६४ छात्रवृत्ति अक्षयकोष” का रूपमा औपचारिक रूपमा स्थापना गरिएको हो।
विद्यालयले जनाएको अनुसार, यस अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा तथा विद्यालयमा समर्पण र प्रतिबद्धतापूर्वक कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई प्रोत्साहनका रूपमा प्रदान गरिनेछ। यस कदमले विद्यालयको शैक्षिक उन्नतिमा दीर्घकालीन प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।
विद्यालय परिवारले यस्तो प्रेरणादायी र अनुकरणीय योगदानका लागि २०६४ ब्याचका सम्पूर्ण विद्यार्थीहरूप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गरेको छ। साथै अन्य वर्षका SLC/SEE सहभागी विद्यार्थीहरूलाई पनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा संस्थागत विकासका लागि निरन्तर सहयोग र प्रेरणा प्रदान गर्न आग्रह गरिएको छ।
ठाकुर प्रसाद पाण्डे – प्रधानाध्यापक
श्री नवजागृति चण्डी माध्यमिक विद्यालय



प्रतिकृया दिनुहोस्