मौलापुरको उदाहरणीय कामले देशभर चर्चा: ‘अन्य पालिकाले पनि सिक्नुपर्छ’ – अध्यक्ष प्रभु साह

मौलापुरको उदाहरणीय कामले देशभर चर्चा: ‘अन्य पालिकाले पनि सिक्नुपर्छ’ – अध्यक्ष प्रभु साह

मौलापुर-७ पिपरियामा २ करोड ५० लाखको लागतमा बनेको अत्याधुनिक आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन

रौतहट, कात्तिक २९ ।
मधेसको उदाउँदो नमूना नगरपालिकाको रूपमा पहिचान बनाउँदै गएको मौलापुरले फेरि एकपटक सबैको ध्यान तानेको छ । मौलापुर नगरपालिका–७ पिपरियामा निर्माण गरिएको नयाँ सुविधासम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्र आज (शनिबार) आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा रौतहट–३ का पूर्वसांसद प्रभु साहले उद्घाटन गरेपछि समाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म उत्साह छाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै साहले मौलापुरका कामलाई **”नेपालकै लागि अनुकरणीय प्रशासनिक मोडेल”**का रूपमा प्रशंसा गर्दै भने–

“मौलापुर नगरपालिकाले शासक होइन, सेवक भएर काम गरिरहेको छ। नगरप्रहरी होइन, नगर शिक्षक र स्वास्थ्यकर्मी राखेर जनताको घर–आँगनमै सेवा पुर्याएको यो मोडेल अन्य पालिकाले पनि अविलम्ब लागू गर्न आवश्यक छ।”


शिक्षा, स्वास्थ्य, यातायातदेखि कर–नितिसम्म: देशभर चर्चामा मौलापुरको ‘शून्य कर’ र ‘निःशुल्क सेवा’ मोडेल

मेयर रिना साहको नेतृत्वमा मौलापुरले शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, विद्यार्थीमार्फत पाइने सुविधा, ‘शून्य कर नीति’जस्ता जन–मैत्री पहलका कारण
मधेस मात्र होइन, देशभर चर्चित र उदाहरणीय नगरपालिकाको रूपमा द्रुत गतिमा स्थापित हुँदै आएको छ।

प्रभु साहले जनताको मन जित्दै काम गरिरहेको मेयर रिना साह तथा सम्पूर्ण जनप्रतिनिधिलाई बधाई दिँदै भने–

“जनताको चाहना अनुसार काम गर्ने मौलापुरको गति निरन्तर रहोस्—म मेरो तर्फबाट शुभकामना दिन्छु।”


२ करोड ५० लाखमा निर्मित अत्याधुनिक भवन: अब बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी

मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार,
जग्गासहित २ करोड ५० लाखको लागतमा निर्मित यो केन्द्रलाई भोलिका दिनमा बर्थिङ सेन्टरका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
हाल नेपाल सरकारको मापदण्ड अनुसार यहाँ प्राथमिक स्वास्थ्य सेवा प्रदान भइरहेको बताइएको छ।


मौलापुरमा अहिले उपलब्ध स्वास्थ्य संरचना:

  • आधारभूत स्वास्थ्य सेवा केन्द्र –

  • स्वास्थ्य चौकी –

  • प्राथमिक स्वास्थ्य केन्द्र –

नयाँ भवन सञ्चालनमा आएसँगै मौलापुर क्षेत्रका हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन कार्यक्रममा मेयर रिना साहको अध्यक्षता रह्यो, जहाँ स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सर्वसाधारणको विशेष उपस्थितिले वातावरण उत्साहपूर्ण बनेको थियो।