शोकमा डुब्यो देश: पाँच बालबालिकाको डुबेर मृत्यु, परिवारमा छायो वेदना
- thantikhabar
- October 18, 2025
175
SHARES
काठमाडौं, १ कात्तिक — पछिल्ला दिनहरूमा नेपालका विभिन्न स्थानहरूमा डुबेर बालबालिकाको मृत्युले समूचे देशमा शोक र त्रास फैलिएको छ।
रौतहटको यमुनामाई गाउँपालिका-३ राजपुर तुल्सी बस्ने सुरेश साहकी १३ वर्षीया छोरी ईन्द्राशन कुमारी साह झाझखोलामा नुहाउने क्रममा डुबेर उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा निधन भएकी छन्।
त्यसैगरी, रौतहटको गरूडा नगरपालिका-५ झाझखोलामा नुहाउने क्रममा १० वर्षीय निरज साह र १० वर्षीय अर्जुन साह डुबेर अशक्त भइ उपचारका क्रममा निधन भएका छन्।
रूपन्देही मर्चवारी गाउँपालिका-६ नौरिहवा घर भएका प्रमोद मौरीयाको ६ वर्षीय दिवान्स मौरीया र ३ वर्षीय रिवान्स मौरीया आरसिएस होटल परिसरमा रहेको माछा पोखरीमा डुबेर उपचारको क्रममा मृत्युवरण गरेका छन्।
धनुषाको जनकनन्दिनी गाउँपालिका-३ महुवा बस्ने राम पुजन दासकी ५ वर्षीया छोरी सालो दास पनि नुहाउने क्रममा डुबेर ज्यान गुमाएकी छन्।
प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान गर्दै परिवारलाई सहयोग पुर्याउन पहल गरिरहेको छ।
सावधानीको सन्देश: यी दुखद घटनाले बच्चाहरूको नुहाउने क्रममा उच्च सतर्कता अपनाउनुपर्ने चेतावनी दिएको छ। अभिभावकहरूले आफ्नो बालबालिकामा निरन्तर नजर राख्न र सुरक्षित स्थानमा मात्र नुहाउन सुझाव दिइएको छ।
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
-
मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
September 14, 2026 -
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
September 16, 2026
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा

प्रतिकृया दिनुहोस्