करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

सप्तरी, २३ असोज

सप्तकोशी नगरपालिका१ बस्ने २८ वर्षीय दिपेश परियारको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।आफ्न घरमा रहेको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानय नगर अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।