पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल र म्याग्जिन बुधबार बरामद

पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल र म्याग्जिन बुधबार बरामद

काठमाडौं, ९ असोज

काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल थानम्याग्जिन थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।