हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी, असार

आफ्नै श्रीमती २४ वर्षीया ढलिसदा मुसहरको हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोल बस्ने ३० वर्षीय सोनिया मुसहरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोनियाले शनिबार राति कुटपिट गर्दा घाते भएकी ढलिसदाको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ लाका प्रहरी कार्यालय महेन्द्रनगरप्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।